प्रशारण लाइनमा मानसिक सन्तुलन गुमाएका व्यक्ति चढेपछि विद्युत आयोजना बन्द

प्रशारण लाइनमा मानसिक सन्तुलन गुमाएका व्यक्ति चढेपछि विद्युत आयोजना बन्द

nuwakot-hitensiobn-line

तस्बिर : सामाजिक संजाल

नुवाकोट । विजुलीकाे मुख्य प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा नुवाकाेटकै माइला विक चढेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ। बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका उनी बिहान १० बजेदेखि प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन्।

तारमा हिडिरहेका विकलाई तारबाट सकुसल तल ओराल्ने प्रयास भइरहेकाे भएपनि सफल नभएको प्रहरीले जनाएको छ । जसका कारण अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरी ६०/६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको छ’ प्राविधरणले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ