तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

तनहुँ । जिल्लामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।

शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विकको मृत्यु भएको हो।

शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो।

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ