तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको स्थानमा फेला परेका अर्का मृतक पुरुषको पनि पहिचान खुलेको छ।
आँबुखैरेनी गाउँपालिका वडा नंवर -४ ड्याम नजिक सडक भासिदा फेला परेको दुई शव मध्ये अर्को शवको पनि पहिचान खुलेको हो। मृतक मकवानपुर जिल्ला हेटौंडा नगरपालिका -७ निवासी होम बहादुर भुजेल रहेको तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले गण्डक न्युजलाई जानकारी दिए।
मृतक भुजेल कारमा सवार रहेको व्यक्ति हुन सक्ने प्रहरीको अनुमान छ। “मृतकका आफन्त हाम्रो सम्पर्कमा आउनुभएको छ, उहाँहरु आएपछि विस्तृत विवरण खुल्ला” खड्काले गण्डक न्युजसँग भने।
यसअघि घटनास्थलमा उद्धारका क्रममा प्रहरीले दुई वटा शव फेला पारेकोमा गोरखा जिल्ला छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका वडा नं -२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको शवको सनाखत गरेको थियो।
भासिएको सडक तल नदीको किनारमा बा १० च ४६७९ नंवरको कार समेत पुरिएको अवस्थामा फेला परेको थियो।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते