पोखरा महानगरले होटल तथा बैंकको शौचालय प्रयोगका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने

पोखरा महानगरले होटल तथा बैंकको शौचालय प्रयोगका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने

pokhara-mahanagar-karyapalika-baitghak

पोखरा। काठमाण्डौ महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले निजी क्षेत्रले संचालन गर्दै आएका होटल, रेष्टुरेन्ट, बैंक तथा व्यापारिक मल सर्वसाधारणका लागि खुल्ला गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाले पनि त्यसका लागि निजी क्षेत्रसँग आवश्यक समन्वय गर्ने भएको छ।

महानगरपालिकाको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले निजी क्षेत्रसँग सम्झौता गरेर ती स्थानमा सर्वसाधारणका लागि शौचालय खुला गराउने पहल थालेको हो। महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराम रिजालले कार्यपालिका बैंठकमा निजी क्षेत्रसँग सार्वजनिक शौचालय प्रयोग गर्न महानगरले सम्झौता गर्ने निर्णय भएको बताए । यसका लागि सम्झौता भएका ती स्थान बाहिर देखिन मिल्ने गरी बोर्ड टाँसिने छ ।

यसबाहेक पोखरा महानगरको ल्यान्डफिल साइट वडा नम्बर – ३३ मा सार्ने निर्णय भएको र त्यसका लागि आवश्यक बजेट तथा पूर्वाधार तयार पार्ने निर्यण भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds