आँबुखैरेनी-मुग्लिन सडकखण्डमा भासिएको स्थानमा फेला परेको एउटा शवको पहिचान

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा भासिएको स्थानमा फेला परेको एउटा शवको पहिचान

prithivi-rajmarga-pahiro_20220610115225

तस्बिर साभार : सामाजिक संजाल

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी – ४ ड्याम नजिक सडक भासिदा फेला परेको दुई मध्ये एक शवको पहिचान खुलेको छ। मृतक गोरखा जिल्ला छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका वडा नं -२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे रहेको प्रहरीले जनाएको छ।
भासिएको सडक तल नदीको किनारमा बा १० च ४६७९ नंवरको कार समेत पुरिएको अवस्थामा फेला परेको थियो।
तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार अर्का मृतकको सनाखत हुन बाँकी छ। उनका अनुसार घटनास्थलमा गोताखोरको टोली ल्याएर खोजीकार्य तीब्र पारिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds