आँबुखैरेनी-मुग्लिन सडकखण्ड भासियो, दुईतर्फी सवारी संचालनमा समस्या

आँबुखैरेनी-मुग्लिन सडकखण्ड भासियो, दुईतर्फी सवारी संचालनमा समस्या

Prithbi-rajmarga

तस्बिर साभार : व्यासश्री समाचार

तनहुँ। पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्ड भासिएको छ।
गएरातिदेखिको वर्षाका कारण आँबुखैरेनी गाउँपालिका -४ साँखरस्थित ड्यामसाइडमा सडक भासिँदा दुईतर्फी सवारी आगमन बन्द भएको छ।

भासिएको सडकको तलबाट पर्खाल लगाउन सम्भव नभएकोले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत तत्कालका लागि सम्भव नभएको प्रहरीले जनाएको छ ।

उक्त स्थान आसपासमा वैकल्पिक मार्ग समेत नभएकाले अहिले उक्त सडकखण्ड हुँदै यात्रामा रहेका सयौँ ठूला साना सवारी अलपत्र परेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ