सरकारले बनाएका गलत नीति र अभिव्यक्तिले शेयरमा नकारात्मक असर : भट्टराई

सरकारले बनाएका गलत नीति र अभिव्यक्तिले शेयरमा नकारात्मक असर : भट्टराई

Yogesh-Bhattarai

काठमाण्डौ। एमाले सांसद योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकार बनेपछि शेयर बजारमा लगातार ह्रास आइरहेको बताएका छन्।
प्रतिनिधि सभामा बोल्दै नेकपा एमालेका सचिव तथा सांसद भट्टराईले यो सरकारले बनाएका गलत नीति र मन्त्री तथा गठबन्धन दलका नेताहरूका गलत भनाइले गर्दा शेयर घटेको आरोप लगाएका हुन्।

उनले अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र आज केही महिनादेखि अशान्त बनिरहेको भन्दै सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा पुगेको प्रतिक्रिया दिए । उनले अगाडि भने – “यो सरकार बनेपछि आज पनि शेयर धितो कर्जाको सीमा बैंकबाट चार करोडदेखि बढीमा १२ करोड रुपैयाँसम्म राखिएको छ, यसलाई हेरफेर गर्न खोजिँदैछ । यो किन हेरफेर गर्ने ? यसले के असर गर्छ ? यसभन्दा अघि लिइरहेको कर्जाको अवस्था के हुन्छ ?” भट्टराईले संसदमा प्रतिप्रश्न गरे।

उनले जनक शिक्षाले पाठ्य पुस्तक छाप्न गरेको ढिलाई प्रति पनि प्रश्न राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds