विमानस्थलको भीभीआईपी कक्ष कलाकारले पनि प्रयोग गर्न पाउने

विमानस्थलको भीभीआईपी कक्ष कलाकारले पनि प्रयोग गर्न पाउने

airport

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त कलाकारहरूलाई विदेश जाँदा र फर्कंदा विमानस्थलको अति विशिष्ट तथा विशिष्ट कक्षमा प्रवेशको व्यवस्था मिलाउने भएको छ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। ०७७ चैत १ गतेको चलचित्र विकास बोर्डको पत्राचारलाई कार्यान्वयन गर्दै विशिष्ट कक्षको व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग भेटी अभिनेता शिव श्रेष्ठले बोर्डले गरेको पत्राचारलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए। बोर्डले यसअघि ४४ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको लाइसेन्स बाँडेको छ भने थप ६० जनालाई बाँड्ने तयारी गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds