आगो लगाएर एकल महिलाको हत्या, दुई जना पक्राउ

आगो लगाएर एकल महिलाको हत्या, दुई जना पक्राउ

aagalagi

काठमाडौँ । दार्चुलामा एक एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको हो।

घटनामा संलग्न रहेको आशङ्का गरिएका अर्का व्यक्ति भने फरार छन्।

गएराति घर नजिकै भण्डारण गरिएको खर घाँसको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको बुझिएको छ।

घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महिलाका श्रीमानको सात वर्ष पहिले मृत्यु भएको र मृतकका दुई छोरी र एक छोरा रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ