काठमाडौँमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई विद्युतीय चुल्हो

काठमाडौँमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई विद्युतीय चुल्हो

Induction-Stove

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको छ।

केन्द्रले आज सूचना निकालेर काठमाडौँबाहिरबाट आएर भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो।

विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्होको आवेदन माग गरेको केन्द्रले जनाएको छ। तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन्।

यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds