असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

Notice-Sasak-Bibhag

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बताएको छ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भन्दै सो कार्यालयले सबै सडक डिभिजन कार्यालयहरूलाई निर्णय लागू गराउन भनेको हो।

कसैले अटेर गर्दै जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds