तनहुँमा सिलिण्डर ग्यास पड्किदा ११ वर्षीया बालिकाको मृत्यु

तनहुँमा सिलिण्डर ग्यास पड्किदा ११ वर्षीया बालिकाको मृत्यु

balak

तनहुँ । तनहुँमा खाना पकाउने सिलिण्डर ग्यास पड्किदा एक बालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किदा भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको ११ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ