पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो।
अर्को सूचना नभएसम्मका लागि आइतबार राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको योजनाले जनाएको छ।
नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो। यो सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि चार लेनको बनाउन लागिएको छ। चार लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ।
आबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने भएको छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ