स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा पोखरामा दीप प्रज्वलन

स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा पोखरामा दीप प्रज्वलन

received_343288521259922

पाेखरा । स्वर्गीय राजा विरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा दिप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखराकाे विरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा विरेन्द्रको अभाव देशमा खड्किएको बताए । स्वर्गीय राजा विरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिदै उनले राजसंस्था मात्रै अबको बिकल्प भएको बताए । साथै, उनले नेपालगन्जमा राजा विरेन्द्रको शालिक पुर्स्थापनामा सरकारले गरेको धरपकडको घोर भर्त्सना गरेका छन । उनले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष बिजय बहादुर भण्डारीले जेष्ठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समुहले गरेको हत्याकाण्डको कारण देशले दु:ख भोग्नु परेको बताए।

दिप प्रज्वलन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु डा महेन्द्र बहादुर कार्की, शंकर खराल, जिल्ला उपाध्यक्ष मनिष केसी, जिल्ला प्रवक्ता अरुण गिरी, सह सचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ सन्जना सेन पौडेल, युवक संगठनका नेता सन्दीप कुवर, बिधान गुरुङ, निरज शर्मा, अमृत थापा लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ