अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

pal-shah

कास्की। नावालिका जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो।
शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएकाे मङ्गलवार निवेदन दिएका हुन् ।

नाबालिग गायिकाले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमाथि सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालतले पललाई थुनामा पठाएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ