पोखरा १८ मा हराएको ९ मत खोज्दै एमालेका थापाले हाले मुद्दा

पोखरा १८ मा हराएको ९ मत खोज्दै एमालेका थापाले हाले मुद्दा

pokhara_high_court

पोखरा । पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन्।

थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गरेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।

यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जितेका थिए। पाँच हजार ८४३ मतदाता रहेकामा चुनावमा चार हजार ३४८ मत खसेको थियो। गणनाका क्रममा चार हजार ३३९ मत मात्र भेटिएको थियो। मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको मागसहित निवेदन दिएका थिए। तर पुनः गणना हुन सकेन।
हार÷जित स्वाभाविक भएको भन्दै उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ