नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

jhadap-nepalgunj

काठमाडौं । नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गर्ने क्रममा झडप भएको छ।

आज (बिहिबार) बिहान स्वतन्त्र अभियान, राष्ट्रवादी युवा समूह र राप्रपा कार्यकर्ताले धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँससमेत प्रहार गरेको छ।

प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र ५ राउन्डभन्दा बढी हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

झडपका क्रममा केही घाइते पनि भएका छन्। अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो।

धम्बोजी चोकमा रहेको शालिक २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको थियो।

तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको आज २१ वर्ष पूरा भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds