अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु

goli

काठमाडौं । अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा गोली चलेको छ। चार जनाको ज्यान गएको छ। केही घाइते भएका छन्।

आक्रमणमा बन्दुकधारी पनि मारिएका छन्। उनले आफैँलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा प्रष्ट भइसकेको छैन।

गोली चलेको उक्त अस्पताल खाली गराउने काम भइरहेको बताइएको छ।

अस्पतालमा आक्रमण गर्नुको उद्देश्य खुलेको छैन।

गएको हप्ता मात्रै टेक्ससमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परि २१ जनाको ज्यान गएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ