चितवन । चितवनमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार साँझ पूर्व–पश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन कालिका नगरपालिका–४ घर भइ हाल खैरहनी –८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।
हिजो साँझ सवा आठ बजे पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डीएक्स ७७४९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३–००५ प २६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करका कारणले मोटरसाइकल चालक गुरूङ गम्भीर घाइते भएका थिए। पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा हिजो राति सवा नौ बजे गुरूङको मृत्यु भएको हो।
घटनापछि राजमार्गमा भेला भएका ७०÷८० जना स्थानीयले केहीबेर बाटो रोक्नुका साथै कार तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीले हिजो राति सवा नौ बजेपछि नै बाटो खुलाएको थियो। कारका चालक भारत बिहार राज्य पश्चिम चम्पारण जगदिशपुर–४ बस्ने ३५ वर्षीया आलोककुमारलाई इलाका प्रहरी खैरहनीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित खबर
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्योः चालकको मृत्यु, सहचालक घाइते
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
बाघलाई खुवाइएको मासुको पैसा तिर्न निकुञ्जसँग बजेट अभाव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता