पोखरा । कास्कीको मादी गाउँ कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । मंगलबार महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्यका लागि भएको मतदानबाट ६ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको बहुमत पुगेको हो । मादीको गाउँ कार्यपालिका २० सदस्यीय छ । त्यसमा एमालेका ११ जना भएका छन् ।
मंगलबारको मतदानबाट कार्यपालिका महिला सदस्यमा एमालेकी गंगादेवी सार्की, पूर्णसुबा गुरुङ, लक्ष्मी गिरी, सीता परियार र दलित तथा अल्पसंख्यकमा बामदेव भुजेल र वीरबहादुर परियार विजयी भएका छन् । उनीहरुले महिला सदस्यमा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका जितकुमारी सुनार, पार्वती रानामगर, शुकमाया पराजुली थापा क्षेत्री, नेकपा माओवादी केन्द्रकी उषा थापा र दलित तथा अल्पसंख्यकमा विनोद नेपाली र रामबहादुर चँदारोलाई पराजित गरेका हुन् ।
मादी गाउँ सभामा पनि एमालेको बहुमत छ । गत ३० वैशाखमा भएको चुनावमा उपाध्यक्षसहित एमालेका ३३ र अध्यक्षसहित गठबन्धनका २९ जना निर्वाचित भएका थिए । मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।
नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । मादीमा १२ वडा छन् । त्यसमा ६ वटा कांग्रेस, ४ वटा एमालेले र २ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।
निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ ।
कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् । मादीमा गठबन्धनले आफ्ना जनप्रतिनिधिलाई गठबन्धनले आर्थिक प्रलोभन देखाएको भन्दै विरोध जनाएको थियो । एमालेका ३३ जना जनप्रतिनिधि एकढिक्का भएपछि मादी गाउँ कार्यपालिकामा एमालेको बहुमत पुगेको हो ।
गाउँसभामा बहुमत विजयी हुँदा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका शिवबहादुर गुरुङ (महेन्द्र)ले कार्यपालिलामा बहुमत नपुगेसम्म अबिर, खादा र माला नलगाउने अठोट गरेका थिए । कार्यपालिकामा बहुमत पुगेपछि मंगलबार नेता-कार्यकर्ताले अबिर, खादा र माला लगाइदिएका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन