पोखराको सान्नानी दोहोरी साँझमा तास खेलिरहेको अवस्थामा नगदसहित ८ जना पक्राउ

पोखराको सान्नानी दोहोरी साँझमा तास खेलिरहेको अवस्थामा नगदसहित ८ जना पक्राउ

juwade-1

सांकेतिक तस्बिर

पोखरा। कास्की प्रहरीले सोमबार राति तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ४ चिप्लेढुङ्गास्थित सान्नानी दोहोरी साँझ भित्र तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्गजाको वालिङ नगरपालिका -३ घर भएका २४ वर्षीय दिपक गुरुङ सहित ८ जना छन्।

प्रहरीका अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिका -१३ निवासी जय परियारको उक्त दोहोरी साँझ भित्र जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नगद ८४ हजार ६ सय ५० रुपैयाँ सहित ४ बुक तास वरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले गण्डक न्युजलाई बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds