पोखरा विमानस्थलमा पल्टिएको ट्याङ्कर हटाइएपछि उडान सञ्चालन

पोखरा विमानस्थलमा पल्टिएको ट्याङ्कर हटाइएपछि उडान सञ्चालन

Pokhara Airport plane

File Photo

पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) गाडी पल्टिँदा प्रभावित उडान एक घण्टापछि सञ्चालनमा आएको छ।

जहाजमा तेल हाल्न गएको ट्याङ्कर पल्टिएपछि मंगलबार ८ बजेदेखि उडान अवरुद्ध भएको थियो। धावनमार्गमा पोखिएको तेल सफा गरेपछि उडान शुरू भएको हाे ।

जहाजमा तेल हाल्न जाँदा नेपाल आयल निगमको ट्याङ्कर धावनमार्गमा पल्टिएकाे थियाे । ट्याङ्कर पल्टिँदा तेल पोखिएकाे थियाे । पोखिएको तेलमा प्लेन चिप्लन सक्ने भएकाले एक घण्टा उडान रोकिएकाे विमानस्थलले जनाएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds