गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवारका चार जना तारा एयरको जहाज दुर्घटनामा परे । अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए।
छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा परेका छन्। राेजिना र रविना वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए।
अमेरिकामा रहेका छोरा २६ वर्षका रोशन श्रेष्ठ स्वदेश फर्कदैछन्। आमा-बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन् । मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन्।
रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए। तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन्। उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन्। रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्। उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए।
रोजिना हाल कोलोराडो स्टेट युनिभर्सिटीमा अध्ययनरत थिइन्। बहिनी रवीना रामापो कलेज अफ न्यू जर्सीमा अध्ययनरत थिइन्।
गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए। गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए।
गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। उनीहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने याेजनामा थिए तर पूरा हुन पाएन ।
सम्बन्धित समाचारः
तारा एयर दुर्घटनाः ‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे
अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
सम्बन्धित खबर
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन