अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए

अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए

Basanta_Lama

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त तारा एअरकाे विमानमा अर्का क्याप्टेन बसन्त लामा पनि सवार थिए । काठमाडौंको बालुवाटार बस्ने लामा तारा एयरको क्याप्टेन हुन् ।

२०७४ मा पनि लामा विमान दुर्घटनामा परेका थिए । हुम्लाको सिमकोटबाट सुर्खेत उडेको तारा एयरको ट्विनटर दुर्घटना हुँदा वसन्त क्याप्टेन थिए । सो दुर्घटनामा लामा र सह–पाइलट अमित गुरुङ घाइते भएका थिए । तर, यसपटक वसन्त तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटरसँगै अस्ताएका छन् ।

जेठ १५ मा विहान जोमसोम–पोखराको ४ उडान सकेपछि उनले तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर आफ्ना सहकर्मी क्याप्टेन प्रभाकर घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

भोलिपल्ट फेरि उनको उडान भर्ने ड्युटी थियो । आइतबारको छुट्टी मनाउन जोमसोम जाने निर्णय गरेर लामा आफैंले हस्तान्तरण गरेको जहाजमा जोमसोम उडे । तर, विडम्बना पोखराबाट उडेको १२ मिनेटपछि ट्विनअटर दुर्घटना हुँदा क्याप्टेन लामा र प्रभाकर घिमिरे दुवैजनाको पोखरा फर्किने योजना अपुरो भएको छ ।

क्याप्टेन लामाले हस्तान्तरण गरेको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेसँगै लामाको पनि सो उडान अन्तिम भएको छ । वसन्त  यति ग्रुपसँग १९९८ देखि आवद्ध भएका हुन् । उनका बुवा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन् ।

सम्बन्धित समाचारः

विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्

विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds