कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

School exam tanahun

काठमाडौँ । कक्षा १२ को परीक्षा आज सोमबारदेखि सुरु हुँदैछ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ।

देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ। अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो।

महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने र त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ।

बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds