कास्की जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा (एमाले) एक्लैको स्पष्ट बहुमत छ। कास्कीका पाँच स्थानीय तहका १० जना मतदातामध्ये ६ जना एमालेका छन्।
पोखरा महानगरपालिकाका उपमेयर, रुपा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, मादी गाउँपालिकाका उपाध्यक्ष, अन्नपूर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ६ जना एमालेबाट निर्वाचित छन्। बाँकी चारमध्ये तीन जना कांग्रेस र एक जना नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित हुन्। कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मादीका अध्यक्षमा निर्वाचित छन्। यस्तै‚ एकीकृत समाजवादीबाट पोखराका मेयर निर्वाचित छन्।
नेपालको संविधानको धारा २२० मा जिल्ला सभामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य हुने व्यवस्था छ। जिससमा प्रतिनिधि चुन्ने निर्वाचनमा पालिकाका मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष मतदाता हुन्छन्।
जिससमा एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक गरी बढीमा नौ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ। २०७४ सालमा एमालेका बैनबहादुर अधिकारी र सावित्रा भण्डारी कास्की जिससको प्रमुख र उपप्रमुखमा चुनिएका थिए।
स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि चुनिएसँगै राजनीतिक दलहरू जिससको गठनको तयारीमा लागेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जेठ २३ मा जिससको निर्वाचन गराउने तयारी गरे पनि पक्का भइनसकेको सूचना अधिकारी नील पनेरुले बताए। संवैधानिक प्रावधान अनुसार‚ गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बसिसक्नुपर्छ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते