पोखराका मेयरले पद सम्हाल्नुअघि रोपेको फूल नै चोरी भो

पोखराका मेयरले पद सम्हाल्नुअघि रोपेको फूल नै चोरी भो

mayor-phool1

पोखराका नवनिर्वाचित मेयरले पद सम्हालनुुअघि रोपेको फूल दुई दिन नबित्दै चोरी भएको छ । मेयर धनराज आचार्यले पद सम्हाल्नुअघि पोखरा जिरो किलोमिटरदेखि हल्लन चोकसम्मको सडक डिभाइडरमा फूल रोपिएको थियो।

उनले सबैभन्दा ठूलो फक्रिएको फूल रोपेका थिए । रोपेको दुई दिन नबित्दै मेयर आचार्यले रोपेको फूलसहित ५ फूलका बोट चोरी भएको छ ।

पुष्पलाल श्रेष्ठ पार्क अघिको सडक डिभाइडरमा पोखराको जनप्रतिनिधि संख्या जत्तिकै १६७ वटा फूलको विरुवा रोपिएको थियो । मेयर , उपमेयर र नव निर्वाचित विभिन्न वडाका जनप्रतिनिधिसहितको सहभागितामा फूल रोपिएको थियो । शनिबार दिउँसो मात्र रोपिएका फूलमा पानी राखिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ