पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् ।
पोखरा १३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् ।
विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । ‘गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहान हुन्छ भन्ने हेतुले डे«स दिएको हुँ, उनले भने, ‘यसको साथसाथै सामुदायिक स्कुलमा पनि विद्यार्थीहरुको अकर्षण बढ्छ भन्ने अभिप्राय हो ।’
यसैगरी विद्यालयका प्रध्यानाध्याक विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाभ भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताएका थिए ।
निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसकेका छन् । उनले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए । भने सामुदायिक विद्यालयमा बस समेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गरेका थिए ।
उनले यसअघि पनि वडा भित्रका नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की