ओलीलाई प्रचण्डको चुनौतीः ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त’

ओलीलाई प्रचण्डको चुनौतीः ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त’

prachanda-and-kp-oli

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिएका छन्।

यसअघि ओलीलाई दुई–दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन्।

उनले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको कुरा नभुल्नसमेत आग्रह गरे।

‘तपाई (केपी ओली)लाई दुई चोटी प्रधानमन्त्री बनाइ दिएको हो। माओवादीको बैशाखी टेकेर तपाई दुईचोटी प्रधानमन्त्री बन्नुभएको होइन?’ प्रचण्डले भने, ‘अब एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त।’

यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन्।

गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds