पोखराका निवर्तमान मेयर मानबहादुर जिसीकी छोरी अञ्जुले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भावुक पत्र लेख्दै होसियार बन्न सुझाव सहितको बधाई दिएकी छन् ।
उनले दबाब दिनेहरुले मेयरलाई अस्पतालको बेडसम्म पुर्याउन सक्ने भनेर सचेत भएर काम गर्न सुझाएकी हुन् । अञ्जुले फेसबुकमार्फत नवनिर्वाचित मेयर आचार्यलाई उक्त सुझाव दिएकी छन् ।
मेयर मानबहादुर जिसीले साउनको १ गते ब्रेन ह्यामरेज भएपछि अस्वस्थ छन् । अझै उनको थेरापी चलिरहेको छ । पूर्ण स्वस्थ हुन सकेका छैनन् । मेयर जिसीको काठमाडौंको न्युरो अस्पतालमा टाउकोको अप्रेसन गर्नुपरेको थियो । ३ महिना काठमाडौं बसाइपछि पोखरा फर्किए पनि छोरी मञ्जु र ज्वाइँ राम भण्डारीले जिसीलाई हेरचाह गरिरहेका छन् ।
यसबीचमै कान्छी छोरी अञ्जुले भावुक पत्र लेखी आफ्ना पिता बिरामी हुनुको कारण विभिन्न खालका दबाबहरु हुन सक्ने संकेत गरेकी छन् ।
अञ्जुले लेखेको पत्र:
नगर पिताकी छोरीको सन्देश नगर पितालाई
धेरै धेरै बधाई॥
साथै सफल कार्यकालको शुभकामना॥
देशको ठूलो महानगर पिता बन्नुभयो पाँच वर्ष सफल बितोस् शुभकामना।
शुभकामना दिँदै गर्दा काम सुरु गर्न भन्दा पनि तपाई वरपर घेरा लागेर बसेका राजनीतिक दलका कार्यकर्ता,आसेपासे,आफन्त, व्यापारी त्यसमाथि तपाई त गठबन्धनको उम्मेदवार यो सबैको दबाब सहन तयार हुनुपर्छ । यी सबैको काम गर्न नसकेर सत्यताको बाटो मा अडिग हुनुभयो भने तपाईलाई अनेक बाहाना बनाएर हस्पिटलको बेड सम्म पुर्याउँछन्।
सोच्दै हुनुहोला राम्रो काम गर्ने लाई सधै सबै को साथ हुन्छ, यो तपाईंको भ्रम मात्र हो। जब तपाई काम सुरू गर्न थाल्नु हुन्छ नि अनि तपाईं मेयर होइन्, तपाईंको कर्मचारी मेयर बन्न थाल्छन् अनि तपाई कर्मचारी, जुन महानगरमा जरो गाडेर बसेका वर्षौंअघिका कर्मचारी छन्।
त्यतिमात्र होइन
१. जुन कार्यकर्ता छन् नि तपाईका, तिनीहरूको योग्यता र क्षमताको आधारमा होइन हाम्रो पार्टीको हामीले भोट दिएर जितेको यति काम त्यसले गर्नैपर्छ त्यसै भोट दिएर जिताएको हो हामीले भन्न थाल्छन् । तपाईले सही कुरालाई समातनु भयो भने त्यो कार्यकर्ताबाट तपाई फेरि चुनाव आउला नि पख्लासमा गनिनु भयो
२. तपाईंभन्दा माथिका नेताहरू यो हाम्रो मान्छे हो यो काम त गर्नै पर्छ हामीलाई सहयोग पनि गरेकै हो भनेर दबाब दिन थाल्छन् । अनि तपाईं त गठबन्धनको उमेदवार।
३. अहिले गुटबन्दी गरेर हरायो भनेर फेसबुकमा रेउला गाएका मान्छेहरु भोलिपल्टबाट महिले त हज़ुरलाई सघाएकै हो के गर्नु हजुर खुलेर हिँड्न भएन भनेर सबैभन्दा पहिले तपाईं भएको ठाउँमा आउँछन् अनि मैले भोट त तपाईंलाई नै दिएको हो भन्न थाल्छन ।
४. तपाई ले केही राम्रो योजना लिएर आउनुहुन्छ नि त्यसपछि सुरु हुन्छ सबै खनिन। कास्कीका मै हुँ भन्ने नेताहरू अहो यसले राम्रो काम गर्न लाग्यो अब यसको ऊँचाई बढ्ने भयोअब अर्कों चुनावमा नि जनताले यसलाई जिताउँछन्भ न्ने सोच्न थाल्छ्न्, जुन कि अरुको प्रगति देख्न सक्दैनन् ।अनि गिराउन तम्सिएर लाग्छन् ।
५. तपाईंका आफन्तहरु जो भए नि के भो आफ्नो मान्छे भनेर केही गर्ने होइन अरुले जितेको भए बरू गरिदिन्थे होलान् भन्न थाली हाल्छन् ।
६. त्यसै गरी पोको लिएर आउने को पनि कमी हुने छैन। पोकोभित्र अनेक थरी टुनामूना जालझेल हालेर लिएर आएका हुनछन बिचार गरेर मात्र पोको लिनूहोला।
७ तपाईंको अदालत भनेको, फ़ेसबुक, युटूब, ट्विटर नै हुन् बिनाप्रमाण लान्छाना र दोष अपशब्दको भारी वर्षाउन तम्सिएर बसेका हुन्छन् । जुन तपाईंले सहन सक्नुपर्छ। परिवारमा कमजोर व्यक्ति हुनुहुन्छ भने यसबाट टाढा बस्न लगाऊनू ।
यति भनेर तपाईलाई डराउन दिएको पक्कै होइन। स्वकीय सचिव, राजनीतिक सल्लाहकार, विज्ञ योजनाकार, क़ानुनविद आदि पार्टी हेरेर नराख्नु होला। तिनीहरुले तपाईंलाई फँसाउन जालो बुनेर बसिराखेका हुन्छन् । तपाईं कमजोर हुने बित्तिकै आफ्नो दुनो सोझ्याउन अन्तै हिँडिहाल्छ्न् । यी सबै कुरामा होश पुर्याएर काम गर्नुभयो भने तपाईंको कार्यकाल सफल हुनेछ।
जय पोखरावासी
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो