पोखराका मेयर, उपमेयरले फूल रोपेर पद सम्हाले [भिडियाे]

पोखराका मेयर, उपमेयरले फूल रोपेर पद सम्हाले [भिडियाे]

Dhanaraj Manju

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत यहाँका जनप्रतिनिधिले फूल रोपेर पद सम्हालेका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोलीले पोखरा जिरो किमिदेखि हल्लनचोकसम्म फूल राेपेका हुन् ।

पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको नवनिर्वाचित मेयर आचार्यले बताए । फूल राेप्नुअघि पुष्पलाल पार्क पुगेर नेपाली कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठकाे शालिकमा नवनिर्वाचित मेयर आचार्य र उपमेयर  गुरुङले माल्यार्पण गरे ।

त्यहाँबाट निस्किएर जनप्रतिनिधिले जिरोदेखि हल्लनचोकसम्मको डिभाइडरमा फूल रोपेका हुन् । डिभाइडरमा १ सय ६७ (जनप्रतिनिधि संख्या) वटा फूल रोपिएको छ । ‘पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपेपछि मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds