कपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।
पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहरूसँग शिर निहुरार्याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत्व तहबाटै कमीकमजोरी बाँकी रहे । त्यसमा आत्मआलोचित हुँदै आगामी दिनमा ती कमजोरी नदोहोर्याउने बाचा गर्दछु ।’
उनले निर्वाचित भएका जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह गरे । ‘जो निर्वाचित हुनुभयो, तपाईँहरूले एकजुट भएर ५ वर्ष एमालेको नीति बाहिर गएर पोखरालाई तस्करको पन्जामा नगरपालिका लान कसैले चाहन्छ भने हाम्रा ८६ जना सिपाही खडा हुनेछन् । जवाफ दिनेछन् एमालेको अभियान पोखरा बनाउने हो भनेर,’ उनले भने, ‘तपाईँहरू सबैजना ५ वर्षको मोर्चामा खटिनुहुनेछ ।’
उनले वडा नम्बर १८ र ३१ मा जालसाजी गरेर आफ्ना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् । ‘जालसाजी गरेर वडा नम्बर ३१ र १८ मा मतपत्र लुकाएर हामीलाई हराइएको नाटक गरिएको छ । हामी युद्ध मैदानमा फेरि खडा हुनेछौं । हाम्रा मतपत्र जानीजानी लुकाइएको छ,’ भन्छन्, ‘कर्मचारी साथीहरूलाई भन्न चाहान्छौं, तपाईं इमानदार बनेर कसैले १ सिट जित्दैमा त्यसको जीत ठानेर एमालेलाई मिनिमाइज गर्नुभयो । यो हिसाबकिताब एमालेले राखिरहन्छ ।’
उनले गठबन्धनलाई लुटपाट र घुसपैठ गरेर चुनाव जितेको आरोप लगाए । ‘तथाकथित लुटपाट गरेर, घुसपैठ गरेर, एमालेलाई कमजोर पार्ने कोशिसका साथ जितेका भए पनि अरू पदाधिकारीले एमाले बेगर चल्ने दुष्साहस नगरे हुन्छ । हामी लडाईंको मोर्चामा छौं,’ अधिकारीले भने ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन