पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाडेका छन् । नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाडेका हुन । नवनिर्वाचित मेयर आचार्यले बिहीबार सपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ ।
महानगरले पोखरा १२ ढिकालेथरमा व्यवस्था गरेको सरकारी निवास छाडेर जिसी फूलबारीस्थित डेरामा सरेका हुन । मेयरमा निर्वाचित हुनु भन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आएका थिए भने मेयरको कार्यकाल सकिएपछि फूलबारीमै कोठा भाडामा लिएर सरेका हुन् ।
मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।
जिसीले सामाजिक सञ्जालमार्फत् बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते