पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले यस वर्षको लागि विभिन्न विधामा बाँडफाँड तथा वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ ।
विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा बसेको बैठकले कार्यरत शिक्षकहरुलाई विभिन्न विधागत जिम्मेवारी प्रदान गरेको हो ।
विद्यालय प्रशासकको रुपमा रामबन्धु पोखरेल, अंग्रेजी विभाग तथा अतिरिक्त क्रियाकलाप प्रमुखमा प्रकाश अधिकारी, गणित विभागका विभागीय प्रमुखमा विद्यालयका सहप्राचार्य विश्वमोहन पौडेल चयन गरिएको छ ।
यसैगरी, सामाजिक बिषयका विभागीय प्रमुख माविद्यालयका सहप्राचार्य प्रदीप खनाल, विज्ञान विषयका विभागीय प्रमुखमा हरि केसी, नेपाली विभागका विभागीय प्रमुखमा विष्णुप्रसाद पौडेल, खेलकुद प्रमुखमा लीलबहादुर गुरुङ, कक्षा नर्सरीदेखि कक्षा तीनसम्मको ग्रेड सेसनको प्रमुखमा पद्मा पराजुली, सदस्यहरुमा भगवती सुवेदी र निर्मलाश्रेष्ठ, त्यसैगरी कक्षाचार देखि कक्षा छ सम्मको प्रमुखमा बिमला प्रधानलाई चयन गरेको छ ।
उक्त कार्यक्रममा विषय प्रमुखको रोहवरमा बार्षिक पाठयोजना समेत बनाइएको थियो भने विद्यालयका सहप्राचार्य विश्वमोहन पौडेलले विद्यालयको यस वर्षको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए। विद्यालयमा नयाँ शिक्षकशिक्षिकालाई स्वागत पनि गरिएको थियो ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते