पोखरा महानगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रुद्रनाथ बराल प्यानल सहित विजयी भएका छन् । बराल यस अगाडि पनि सोही वडाको वडाध्यक्ष थिए । उनले २ हजार एक सय ४० मत प्राप्त गरे । बरालको निकटतम प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी शारदा गिरीले १ हजार ५ सय २५ मत मात्र प्राप्त गरिन् ।
बराल र गिरी दुबै २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, त्यस बेला पनि बरालले गिरीलाई पराजित गरेका थिए ।वडाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापालाई १ हजार ६३९ मत र उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङलाई १ हजार ९ सय ७५ मत परेको छ ।
त्यस वडामा वडाध्यक्षका उम्मेदवार बराललाई भने मेयर थापाको भन्दा ५०१ मत बढ़ी तथा उपमेयर गुरुङको भन्दा १ सय ५६ मत बढ़ी परेको छ । यसरी हेर्दा वडाध्यक्ष बराललाई एमाले समर्थित कार्यकर्ता भन्दा बाहिरबाट समेत मत आएको देखिन्छ । त्यस वडामा नेपाली कांग्रेसका धेरै नेताहरु समेत रहेकोले काँग्रेस उम्मेदवार गिरीको पराजयले विभिन्न प्रश्नहरु उब्जिएको बताईन्छ ।
खुल्ला सदस्यमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ, महिला सदस्यमा पवित्रा पौडेल र दलित महिला सदस्यमा लक्ष्मी विक विजयी भएका छन् । उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

सम्बन्धित खबर
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते