पोखरामा आधा मतगणना सकियाे, मेयरमा ३४ सय ४२ मतान्तर

पोखरामा आधा मतगणना सकियाे, मेयरमा ३४ सय ४२ मतान्तर

Krishna Dhanaraj

पोखरा महानगरपालिकामा कुल खसेको मतमध्ये आधा मतगणना भएको छ । ३० वैशाखमा भएको चुनावमा १ लाख ४३ हजार २२६ मत खसेकोमा शुक्रबार साँझसम्म ७२ हजार ९१८ (५०.९१ प्रतिशत) मतगणना भएको छ ।

५० प्रतिशत मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २९ हजार ८०७ मत (२०.४३ प्रतिशत) पाएका छन् ।

नेकपा एमालेका कृष्णबहादुर थापाभन्दा आचार्य ३४ सय ४२ मतले अगाडि छन् । थापाले २६ हजार ३६५  (१८.०७ प्रतिशत) मत पाएका छन् । । राप्रपाका शंकर खरालले ३१ सय ४५, स्वतन्त्र उम्मेदवार खडकराज पौडेल गनेसले १९ सय ६६ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट नेकपा एमालेकी मञ्जुदेवी गुरुङभन्दा ८४ मतले अगाडि छन् । कोपिलाले ३० हजार २६० (२०.७४ प्रतिशत) र मञ्जुले ३० हजार १७६ (२०.६९ प्रतिशत) मत पाएकी छन् । राप्रपाकी रन्जना सेन पौडेलले २९ सय ६९ मत ल्याएकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds