महोत्तरी । बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले कार्यकर्ता तथा स्थानीयसँग खुसी साटे अनि घर गए । ७ मतले मात्रै उनले जितेका थिए । उनी हुन् नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार समसेर सिंह लामा।
तर, उनको खुसी र परिचय थपिएको केही समयमै उनलाई निराशा बनाउने खबर आयो, ‘सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ, फेरि मतगणना गर्नुपर्ने भयो ।’
यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भइसकेका सिंह सपना कि विपना छुटाउन सकेनन् । नपत्याउ निर्वाचन कार्यालयबाट फोन आएको छ । पत्याउ निर्वाचित भइसकेको घोषणा गरेपछि ‘कहाँ त्यस्तो हुन्छ ?’
तर, तीन वटा मतदान केन्द्रमध्ये आधारभूत विद्यालयको एउटा बाक्स भेटिए पछि मतगणना गरेर निर्वाचित छिनोफानो गर्नु नै पर्ने भयो । यस घटनाले आश्चर्य त बनायो नै तर त्योभन्दा बढी निर्वाचन कार्यालयको गैरजिम्मेवारी छ्यांगै देखियो ।
वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए । अब गणना हुने मतले को जित्छ वा हार्छ त्यो नतिजा आउन बाँकी छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने