गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले १ भोट पनि पाएनन् । ढकाल चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिक दलप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकाललाई वडामा १४६९ मत खस्दा १ मत पनि नपाएका हुन् । माओवादी केन्द्रका उम्मेद्वार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।
आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । सामाजिक सञ्जालमा ढकालले आफूले आफैलाई समेत मतदान नगरेको भन्दै बिभिन्न पोष्टहरु आउन थाल्यो । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।
आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफुलाईमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘मैले आफुलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो ? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’
निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै बिवरण प्रष्ट छ । त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’
सम्बन्धित खबर
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो