नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको राजीनामा माग गरेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्ति खाएका डा. जगमान आफूलाई हराउन विपक्षी पार्टीका उम्मेद्वारलाई मत माग्दै हिँडेको भन्दै महेन्द्रले राजीनामा माग गरेका हुन् । मादी १० भाचोकमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महेन्द्रले डा. जगमान आफूविरुद्ध लागेको आरोप लगाए ।
‘कांग्रेस र माओवादीको सरकार हुँदा होइन, नेकपा एमालेको सरकार हुँदा केपी ओली प्रधानमन्त्री हुँदा डा. जगमान गुरुङलाई राज्यमन्त्री सरहको सेवासुविधा दिएको थियो । महिनाको ६०/७० हजार तलब, भत्ता, गाडी र क्वाटर छुट्टै हुन्छ । त्यत्रो सेवासुविधा पाएका मान्छे मेरो विरुद्ध लागेर मलाई हराउनुभएको छ,’ उनले थपे, ‘नैतिकता छ भने उनले राजीनामा दिनुपर्छ । म उनको राजीनामा माग गर्दछु ।’
डा. जगमान केपी शर्मा ओलीको सरकार र कास्कीका रवीन्द्र अधिकारी संस्कृतिमन्त्री हुँदा २०७५ साल पुसमा उपकुलपति नियुक्त भएका थिए । मादी ३ याङ्जाकोटका डा. जगमानले कांग्रेस उम्मेद्वारलाई जिताउन चुनावी अभियान र मौन अवधिमा हिँडेकोमा मादीका एमाले नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
चुनाव हारे पनि आफू जनताको समस्या समाधान गर्ने विषयमा सक्रिय रहने महेन्द्रले बताए । ‘स्थानीय तह जे भयो भयो । प्रदेश र संघमा एमालेलाई जिताउनुस्, यहाँ अधुरा विकासका योजना पुरा गर्न यहाँबाट गएका एमाले सांसदले भिजन ल्याउने छौँ,’ उनले भने ।
मंगलबार सार्वजनिक मत परिणामअनुसार मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने