पोखराको मेयरमा धनराजलाई २ हजार मतको अग्रता, उपमेयरमा गठबन्धनकै काेपिला अगाडि

पोखराको मेयरमा धनराजलाई २ हजार मतको अग्रता, उपमेयरमा गठबन्धनकै काेपिला अगाडि

Dhanaraj Kopila

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले १ हजार ९५९ मतको अग्रता बनाएका छन् ।

३६ हजार ८१३ मतगणना हुँदा एमालेका कृष्णबहादुर थापाभन्दा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका आचार्यले १ हजार ९५९ मतको अग्रता कायम गरेका हुन् । आचार्यले १५ हजार २८८ र थापाले १३ हजार ३२९ मत पाएका छन् ।

राप्रपाका शंकर खरालले १ हजार ५५६ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ८ सय ६६ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट ३ सय ७० मतले अगाडि छिन् । कांग्रेसकी कोपिलाले १५ हजार ५९५ मत र एमालेकी मन्जुदेवी गुरुङले १५ हजार २२५ मत ल्याएकी छन् ।

राप्रपाकी रन्जना सेन पौडेलले १३ सय २३ मत ल्याएकी छन् । पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds