स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमाले विजयी

स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमाले विजयी

Yemale

स्याङ्जा । स्याङ्जाको फेदीखोला र आँधीखोला गाउँपालिकामा एमाले विजयी भएको छ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी भएका हुन्।

सुवेदीले ३ हजार ३८६ मत प्राप्त गनरेका छन् भने उनका प्रति द्वन्दी नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।

गाउँपालिकाकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन्।

उनले ३ हजार ९७८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गरेका छन्।

यस्तै, आँधीखोला गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेका विश्वनाथ पौडेल पाँच हजार १७७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका प्रेमरज पौडेलले चार हजार ३५१ मत पाएका छन्।

उपाध्यक्षमा पनि नेकपा एमालेकी सीता थापा निर्वाचित भएकी छन्। उनले पाँच हजार २७३ मत पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत पाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ