कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज र लालसुबा विजयी

कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज र लालसुबा विजयी

Nawaraj Lalsuba

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी भएका छन् । यसअघि, पहिलाे स्थानीय तह निर्वाचनमा पनि ओझा र गुरुङ विजयी बन्दै ५ वर्षे कार्यकाल पूरा गरिसकेका हुन् ।

ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याइन् । यस्तै, उपाध्यक्षमा एमालेकी गुरुङले ५३३२मत ल्याएर विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याए ।

यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ