कास्कीको रुपामा एमाले विजयी

कास्कीको रुपामा एमाले विजयी

umlemale1615272529_1200

पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद पुनः नेकपा एमालेले जितेको हो।

अध्यक्षमा एमालेका उम्मेदवार नवराज ओझाले ५ हजार ७४९ मत प्रप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गिमाया गुरुङले ४ हजार १३७ मत पाइन्।

यस्तै उपाध्यक्षमा पनि एमालेका उमेदवार लालसुब्बा गुरुङले ५ हजार ३३२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पधी कांग्रेस उम्मेदवार नारायण श्रेष्ठले ४ हजार १५३ मत ल्याएका छन्।

रुपा गाउँपालिकाका ७ मध्ये ६ वटा वडामा एमालेले प्यानलसहित जितेको छ।

रुपामा कुल १० हजार ३ सय ४४ (७०.४९ प्रतिशत) मत खसेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ