गोरखामा २८ वटा वडाको मत परिणाम सार्वजनिक

गोरखामा २८ वटा वडाको मत परिणाम सार्वजनिक

Pokhara1

गोरखा । गोरखामा अहिलेसम्म २५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रले १४ वटा वडा जितेको छ।

नेपाली कांग्रेसले १० वटा वडामा विजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा विजयी भएको छ।

माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १,२,३, धार्चे १,२, भिमसेन १, शहीदलखन २, ४, गण्डकी गाउँपालिका १,२ बारपाक सुलिकोट २ जितेको छ।

यस्तै, नेपाली कांग्रेस गोरखा नगरपालिका १,२, भिमसेन थापा गाउँपालिका २,३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १,३ आरुघाट गाउँपालिका १,२,३ मा बिजयी भएको छ।

नेकपा एमालेले आरुघाट गाउँपालिका ४, गोरखा नगरपालिका ३, शहीदलखन गाउँपालिका १ मा विजयी हाँसिल गरेको छ। जनता समाजवादी पार्टीले संघिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृह वडा पालुङटार नगरपालिका १ मा बिजयी भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds