अरुणादेवी बनिन् गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला

अरुणादेवी बनिन् गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला

Aruna-Devi-Rai

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

आइतबार मध्याह्न सम्पन्न मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार अरुणादेवी राई अध्यक्षमा निर्वाचित भएकी हुन्। उनले दुई हजार ८८१ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार शंकरबहादुर राईले दुई हजार ५७५ मत पाएका छन्।

हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासमेत हुन्।

यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए।

उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी विमला राईंले २४९५ मत पाइन्।

२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ