आजदेखि सातामा दुई दिन बिदा

आजदेखि सातामा दुई दिन बिदा

sarbajanik bidako mag

पोखरा । आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ।

गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गते आजदेखि लागु हुनेगरी हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको हो।

सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो।

निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म खुल्नेछन्।

छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds