स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मिना कुँवर र उमेर नखुलेकी फुलदेवी कुँवरको मृत्यु भएको हो।
यस्तै, उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा चालक भुलबहादुर कुँवर, स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको बताइएको छ। उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
वालिङ नगरपालिका–४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो