कास्कीको मादीमा काँग्रेसका अध्यक्षका उम्मेदवारको नेतृत्वमा एमालेका दुई कार्यकर्ता कुटिए

कास्कीको मादीमा काँग्रेसका अध्यक्षका उम्मेदवारको नेतृत्वमा एमालेका दुई कार्यकर्ता कुटिए

kutakut

पोखरा। कास्कीको मादी गाउँपालिकामा कांग्रेसका वडाध्यक्षको उम्मेदवारको  नेतृत्वमा एमालेका कार्यकर्ता कुटिएका छन्।
मौन अवधिको समयमा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार देवीजंग गुरुङले चुनावी सभा कार्यक्रमको आयोजना राखेपछि त्यसको विरोध गर्दा एमालेका कार्यकर्ता कुटिएका हुन्। कुटाई खानेमा एमाले कार्यकर्ता भरत रानाभाट र सागर रानाभाट छन्।

घटना अनुसार काँग्रेसका अध्यक्ष उम्मेदवार देवीजंगले माइकिङसहित मादी गाउँपालिका वडा नं -३ याङजाकोट स्याङ्गेमा कार्यक्रमको आयोजना गरेपछि एमालेका कार्यकर्ताले विरोध जनाउँदा उक्त घटना भएको हो।
घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ