पृथ्वी सुब्बा गुरुङ र गंगा दाहालसँग आयोगले माग्यो स्पष्टीकरण

पृथ्वी सुब्बा गुरुङ र गंगा दाहालसँग आयोगले माग्यो स्पष्टीकरण

prithvi_ganaga

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) की बागमती प्रदेश कमिटी सदस्य गंगा दाहालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ।

निर्वाचन आचारसंहित उल्लंघन गरेकाले गुरुङ र दाहालसँग २४ घण्टे स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनीहरूले मौन अवधिमा सामाजिक सञ्जालमार्फत भोट मागेकाले स्पष्टीकरण मागिएको अर्यालले बताए।

एमाले उपमहासचिव गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एमाले उम्मेदवारलाई भोट मागिएको भिडियो पोस्ट गरेका थिए। त्यस्तै, माओवादी नेत्री दाहालले भरतपुरका मेयर र उपमेयरका उम्मेदवार दिन आग्रह गर्दै फेसबुकमा लेखेकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds