पोखरा-१५ का दुवै मतदान केन्द्रमा आवश्यक तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

पोखरा-१५ का दुवै मतदान केन्द्रमा आवश्यक तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

Sidda-kendra

पोखरा महानगरपालिका वडा नं -१५ मा भोली (शुक्रबार) हुने निर्वाचनको आवश्यक तयारी पूरा भएको छ। स्थानीय तहको निर्वाचनका लागि वडा नं -१५ का दुई मतदान केन्द्र फलेपाटन स्थित श्री सिद्ध मावि र वडा कार्यालय -१५ स्थित चौरमा हुने निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको हो।

श्री सिद्ध मावि मतदान केन्द्रका अधिकृत ऋषिराम सुवेदीका अनुसार उक्त केन्द्रमा ३८२४ मतदाता रहेकामा मतदानका लागि चार वटा मतपेटीकाको व्यवस्था गरिएको छ। मतदान केन्द्रको सुरक्षार्थ २० जना सुरक्षाकर्मी खटाइने छ।

यस्तै, १५ नं वडा कार्यालय केन्द्रस्थित ‘क’ मतदान केन्द्रका अधिकृत टिकाराम शर्माका अनुसार उक्त केन्द्रमा ४६९१ मतदाता रहेकामा मतदानका लागि ५ वटा मतपेटीका राखिने छ। भने, सुरक्षाका लागि २२ जना सुरक्षाकर्मी खटिने छन्।

मतदान केन्द्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था चुस्त-दुरुस्त पारिएको भन्दै मतदातालाई ढुक्क भएर मतदान गर्न अधिकृत शर्मा र सुवेदीले वडावासीलाई आग्रह गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds